eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

पर्यटकहरूमाथि आक्रमण गर्नेहरू सबै पाकिस्तानी नागरिक

June 23rd, 2025

भारतीय अनुसन्धानकर्ताहरूले पहलगाममा आक्रमण गर्नेहरू सबै पाकिस्तानी नागरिक भएका दाबी गरेका छन् ।

भारतीय अनुसन्धानकर्ताहरूले गएको अप्रिलमा भारत प्रशासित कश्मीरको पहलगाम शहर नजिकै पर्यटकहरूमाथि भएको घातक आक्रमणमा संलग्न तीनै जना आतङ्ककारीहरू संयुक्त राष्ट्रसङ्घद्वारा प्रतिबन्धित लडाकू समूह ‘लश्कर–ए–तैयबा’ (एलईटी) का पाकिस्तानी नागरिक भएका बताएका बीबीसीले जनाएको छ ।

प्रहरीले यसअघि तीन जनाको ‘स्केच’ सार्वजनिक गरेको थियो जसमा दुई जना पाकिस्तानी र एक जना स्थानीय रहेका बताएको थियो । आक्रमणकारीहरूलाई आश्रय दिएको आरोपमा दुई जना स्थानीय पुरुषलाई पक्राउ गरेपछि राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले यो दाबी गरेको खबरमा उल्लेख छ । पाकिस्तानले यी दाबीहरूमा कुनै टिप्पणी गरेको छैन ।

लोकप्रिय पर्यटकीय स्थल बैसरनमा भएको आक्रमणले भारत र पाकिस्तानलाई युद्धको सङ्घारमा पुर्‍याएको थियो । कश्मीरलाई लिएर तीन पटक युद्ध लडेका आणविक हतियारधारी दक्षिण एशियाली छिमेकीहरूले यस क्षेत्रलाई पूर्णरूपमा आफ्नो दाबी गर्दै आएका छन् ।

पहलगाममा गएको अप्रिल २२ मा भएको आतङ्कवादी आक्रमणमा एक नेपालीसहित २६ जना पर्यटकको ज्यान गएको थियो ।

यो घटनापछि भारतीय सुरक्षा बलहरूले पहलगाम क्षेत्रमा खोजी अभियान शुरू गरेका थिए र कश्मीरभरि हजारौंलाई सोधपुछका लागि हिरासतमा राखिएको थियो । यद्यपि तीन आक्रमणकारीहरू अझै पक्राउ परेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

ताजा अपडेट
  • भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

  • हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

  • गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

  • गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved