eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

इजरायल-इरान युद्ध तेस्रो विश्व युद्धको रिहर्सल

June 21st, 2025

इजरायल र इरानबीच साझा सीमा छैन तर एक अर्काको आकाशमा मिसाइल र ड्रोन हानाहानको अवस्था छ ।

इजरायलले मिसाइलसँगै आफ्नो लडाकु विमान अन्य मुलुकको आकाश हुँदै इरानभित्रै पुगेर क्षेप्यास्त्र प्रहार गरेको छ । इरानले छिमेकी मुलुकका आकाश हुँदै मिसाइल तथा ड्रोन इजरायलमा प्रहार गरेको छ ।

कुनै बेला इरानले नै इजरायललाई राष्ट्रको मान्यता दिने दोस्रो मुस्लिम बाहुल मुलुक थियो । अमेरिकी र बेलायतसँग उसको राम्रो सम्बन्ध थियो । इरानी क्रान्तिपछि इस्लामिक स्टेटको घोषणापछि इरानले इजरायललाई राष्ट्रको रूपमा मान्यता दिएको छैन । इजरायलले पनि इरानलाई मध्यपूर्वमा अशान्ति फैलाउने शक्तिको रूपमा इरानलाई देख्‍छ । जारी इजरायल-इरान युद्ध तेस्रो विश्व युद्धको रिहर्सल जस्तो देखिन्छ ।

इजरायल र इरानबीचको सीमा १२ सय देखि १५ सय किलोमिटरको दूरीमा पर्छ । जेरूसेलम र तेहरानबीचको दूरी १८ सय ५० किलोमिटर छ । तर, यिनले अहिले प्रहार गरिरेहका क्षेप्यास्त्र जोर्डन र इराकी आकाश हुँदै जान्छन् । कहिले सिरियाको आकाश पनि प्रयोग भइरहेको छ ।

यो युद्धमा इजरायलले अमेरिकामा निर्मित एफ सेरिजका लडाकु विमान र त्यसबाट मार हान्‍न सक्ने क्षेप्यास्त्र प्रयोग गरिरहेको छ । यस्तै इरानले ब्यालेस्टिक र क्रुज मिसाइलसहित ड्रोन हमला गरेको छ । दुवै मुलुकले ती क्षेप्यास्त्र हमलाबाट बच्‍नका लागि प्रतिरक्षा प्रणाली पनि बनाएका छन् । जहाँ जमिनमा क्षेप्यास्‍त्र खस्‍नुअघि नै आकाशमै प्रतिरक्षा प्रणालीमा जडित मिसाइल नष्ट गरिदिन्छ । इजरायलको ‘आइरन डोम प्रतिरक्षा प्रणाली’ कै कारण कम मात्रामा इरानी मिसाइलहरू इजरायली भूमिका खसेका छन् ।

इरानका युरेनियम प्रशोधन केन्द्रहरू ध्वस्त पारेर मात्रै आफ्‍नो मुलुक सुरक्षित रहने इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले बताउँदै आएका छन् । अन्तर्राष्ट्रिय आणविक ऊर्जा केन्द्रले हालै सार्वजनिक गरेको प्रतिवेदनमा इरानले आणविक सम्झौता उल्लंघन गर्दै प्रशोधित युरेनियमको मात्रा ६६ प्रतिशत पुर्‍याएको सार्वजनिक भएपछि इजरायलले आक्रमण थालेको देखिन्छ ।

पछिल्ला दिनहरूमा भने इरानको फोर्दोमा रहेको युरेनियम प्रशोधन केन्द्रलाई ध्वस्त बनाएमात्रै युद्ध रोकिने इजरायलले बताउँदै आएको छ । यो युरेनियम प्रशोधन केन्द्र पहाडी इलाकाभित्र निर्मित एक भूमिगत आणविक केन्द्र हो । यो जमिनदेखि करिब ९१ मिटरभित्र गहिराइमा निर्माण गरिएको छ । यो केन्द्रलाई इरान र रुसी प्रतिरक्षा प्रणालीले सुरक्षा दिएका छन् ।

हाल जमिनमुनि पुगेर बंकरलाई पनि ध्वस्त बनाउन सक्ने हतियार अमेरिकासँग मात्रै छ । त्यो हो जीबीयू-५७ए/बी म्यासिभ अर्डिनेन्स पेनिट्रेटर (एमओपी) बम । अहिलेको युद्धमा यही बमको चर्चा छ । यो बमले जमिनदेखि भित्र ६०/६१ मिटरसम्मको सुरङमा पसेर विस्फोट हुने क्षमता राख्‍छ । ६ मिटर लम्बाइ रहेको यसको तौल १३ हजार ६ सय केजी छ । यसको विशेषता नै बंकर र सुरङभित्र पसेर २ सय फिटभित्रसम्म मार हान्न सक्‍नु हो । आणविक हतियारलाई बिर्सने हो भने यो बम संसारकै सबैभन्दा बढी शक्तिशाली बमका रूपमा लिन सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

ताजा अपडेट
  • भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

  • हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

  • गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

  • गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved