eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

अन्तर्राष्ट्रिय विद्यार्थीहरूका निम्ति भिसाको ‘अपोइन्टमेन्ट’ दिने कार्य फेरि सुरु

June 19th, 2025

 अन्तर्राष्ट्रिय विद्यार्थीहरूका निम्ति भिसाको ‘अपोइन्टमेन्ट’ दिने कार्य फेरि सुरु गर्दैछ,अमेरिकाको विदेश मन्त्रालयले भनेको छ ,

गत महिना ट्रम्प प्रशासनले त्यस्ता सबै ‘अपोइन्टमेन्ट’ स्थगन गरेको थियो।

उसले अमेरिकासँग वैरभाव राख्ने आवेदकहरूलाई रोक्ने उद्देश्यका साथ उक्त निर्णय लिएको बताएको थियो।

विद्यार्थी भिसाको विषयलाई राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी विश्वविद्यालयहरूविरुद्ध चालेका कारबाहीको एउटा पाटोको रूपमा हेरिएको थियो।

ट्रम्पका अनुसार कतिपय अमेरिकी विश्वविद्यालयहरू यहुदी विरोधी भावनासँग जुझ्न विफल रहे – खासगरी प्यालेस्टीनीको समर्थनमा हालै त्यहाँ भएका प्रदर्शनहरूका समयमा।

उनले हार्वर्डसहित प्रतिष्ठित विश्वविद्यालयहरूलाई दिइने दशौँ करोड डलर बराबरका सरकारी कोष पनि रोक्का गरिदिएका छन्।

कतिपय विद्यार्थीलाई अमेरिकाबाट निकाला गरिएको छ भने हजारौँ अन्यको भिसा रद्द गरिएको छ।

यीमध्ये कतिपय कारबाहीलाई अदालतहरूले रोकिदिएका छन्।

कलेजहरूले चाहिँ ट्रम्प प्रशासनले वाक् स्वतन्त्रता कुल्चन खोजेको आरोप लगाएका छन्।

सन् २०२३-२४ को शैक्षिक वर्षमा २१० देशका ११ लाख अन्तर्राष्ट्रिय विद्यार्थीहरू अमेरिकी कलेजहरूमा भर्ना भएको विदेशी विद्यार्थीसम्बन्धी आँकडा सङ्कलन गर्ने सङ्गठन ओपन डोअर्सले जनाएको छ।

गत वर्ष सबभन्दा धेरै भारतबाट आएका थिए। ओपन डोअर्सका अनुसार गत वर्ष ३३०,००० भारतीय विद्यार्थी अमेरिका पढ्न आएका थिए।

दोस्रो स्थानमा करिब २८०,००० विद्यार्थीसहित चीन रहेको छ। त्यसपछि धेरै सङ्ख्यामा अमेरिकामा पढ्न जानेहरूमा दक्षिण कोरिया, क्यानडा, ताइवान, भिएतनाम, नाइजिरिया, बाङ्ग्लादेश, ब्रजिल र नेपालका रहेकाबीबीसीले बताएका  छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

ताजा अपडेट
  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

  • साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

  • सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

  • मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

  • राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved