eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

इजरायल, इरान वा मध्यपूर्वका अरु देश भ्रमण वा वैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकका लागि ‘ट्राभल एडभाइजरी’ जारी

June 19th, 2025

काठमाण्डौ – परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला केही दिनमा विकसित घटनाक्रमपछि नेपाली नागरिकलाई ती देशमा यात्रासम्बन्धी जानकारी (ट्राभल एडभाइजरी) जारी गरेको छ ।

मन्त्रालयले विज्ञप्ति निकालेर नेपालबाट इजरायल, इरान वा मध्यपूर्वका अरु देश भ्रमण वा वैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकका लागि ‘ट्राभल एडभाइजरी’ जारी गरेको हो ।

इजरायल र इरानको भ्रमण वा वैदेशिक रोजगारी वा अरु प्रयोजनका लागि जाने तयारी गरिरहेका नेपाली नागरिकलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्रमण तथा यात्रा नगर्नु हुन मन्त्रालयले अनुरोध गरेको छ ।

त्यस्तै, इजरायल र इरानबाहेक मध्यपूर्वका अरु मुलुकको भ्रमण वा वैदेशिक रोजगारी र अरु प्रयोजनका लागि जाने तयारी गरिरहेका नेपाली नागरिकलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्रमण तथा यात्रालाई स्थगित गर्न परराष्ट्रले भनेको छ ।

इजरायल र इरानबीच विकसित घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको उल्लेख गर्दै मन्त्रालयले त्यहाँ रहनुभएका नेपाली नागरिक अहिलेसम्म सुरक्षित रहेको र उनीहरुको हितको रक्षा गर्न आवश्यकताअनुसार उपयुक्त कदम चालिने जनाएको छ ।

स्वेच्छाले नेपाल फर्कन चाहने नेपाली नागरिकका लागि हाल इजरायल र इरानको हवाईमार्ग बन्द रहेका कारण तेस्रो देश हुँदै नेपाल फर्कनु परेमा तेस्रो देशको ‘ट्रान्जिट भिसा’ लिनुपर्ने अवस्था आउन सक्ने भएकाले यसका लागि सहजीकरण गर्न आवश्यक पहल गरिने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई आफ्नो सुरक्षालाई प्राथमिकतामा राखी तोकेको समय र ठाउँमा बाहेक घर वा बङ्कर/सेल्टरबाट बाहिर ननिस्कन मन्त्रालयले अनुरोध गरेको छ ।

साथै इजरायल सरकारले जारी गरेका सुरक्षा सतर्कता, यात्रा, आवागमन तथा सुरक्षित स्थानसम्बन्धी सूचना, मापदण्ड तथा जानकारी निरन्तर रुपमा लिन र पालना गर्न अनुरोध गरिएको छ ।

मन्त्रालयले नेपाली समुदाय र नेपाली राजदूतावाससँग नियमित रुपमा सम्पर्कमा रहन, परराष्ट्र मन्त्रालय र राजदूतावासले जारी गरेका सूचना तथा यात्रासम्बन्धी जानकारी नियमित रुपमा हेर्न आग्रह गरेको छ ।

सङ्कट आइपरेमा उद्धार तथा सहायता र ‘ट्रेकिङ’ गर्न सहजताका लागि परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग र नेपाली राजदूतावास, तेल अभिभको ‘वेबसाइट’मा राखिएको ‘अनलाइन लिङ्क’मा दर्ता गरी आफ्नो विवरण फाराम यथाशीघ्र भर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

aaaaaaa_sf6l6qf

प्रतिक्रिया
सम्बन्धित समाचार

भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

ताजा अपडेट
  • भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

  • हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

  • गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

  • गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved