जनकपुरधाम — निलम्बित सांसद अभिराम शर्माको २४ औँ पेशी हेर्न नभ्याइनेमा राखिएको छ। बिहीबार उच्च अदालतको २ नम्बर इजलासमा पेशी तोकिएको थियो । तर, न्यायधीश महेन्द्रनाथ उपाध्याय र खेमराज भट्टको संयुक्त इजलासले हेर्न नभ्याइनेमा राखेको हो ।
सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्या प्रकरणमा उनलाई जिल्ला अदालत महोत्तरीले उनीसहित सात जनालाई दोषी ठहर गरेको थियो ।
सोही मुद्दामा महोत्तरी जिल्ला अदालतले २०८० मंसरि २८ गते न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले नेकपा एमालेका संघीय सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिए पनि अभिराम शर्मा सहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।
उक्त फैसलाबाट असन्तुष्टि जनाउँदै उच्च अदालत जनकपुरमा दिएको मुद्दा गएको बैशाख १ गतेदेखि उच्च अदालतमा चलिरहेको छ । दोस्रो कार्यकाल शर्मा प्रदेश सांसद हुँदा जिल्ला अदालत महोत्तरीबाट जन्मकैदको फैसला सुनाएको थियो । त्यसपछि प्रदेशसभाले उनलाई गएको वैशाख १८ गते निलम्बन गरेको थियो । निलम्बित सांसद शर्मा, जलेश्वर नगरपालिका पूर्व मेयर रामशंकर मिश्र, सुरेश पाण्डे र धमेन्द्र रायको प्रतिवादी छन् ।
दोस्रो मधेस आन्दोलनको क्रममा २०७२ भदौ २५ गते महोत्तरीमा असई विकको एम्बुलेन्सबाट थुतेर हत्या भएको थियो ।



