eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

तीनकुने घटनामा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र तीन लाख रुपैयाँ धरौटीमा रिहा

June 17th, 2025

तीनकुने घटनामा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तीन लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश तारादेवी महर्जनको इजलासले मंगलबार उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।

रिहा भएपछि उत्साहित देखिएका मिश्रले समर्थक र सञ्चारकर्मीमाझ आफूलाई कुनै अप्ठ्यारो नभएको बताए। उनले राज्यले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न खोजे पनि अदालतको विवेकपूर्ण निर्णयले न्याय प्रणालीमाथिको विश्वास बढाएको टिप्पणी गरे।

‘अदालतले न्याय दिएकोमा… राज्यले अन्याय गर्दाखेरि पनि अहिलेको परिस्थितिमा अदालत न्याय दिन सक्षम रहेछ भन्ने कुराले नेपालको न्याय प्रणालीमाथि एकदम दृढ विश्वास जगाइदिएको छ,’ उनले भने।

मिश्रले राज्यले आफूहरूलाई दोषी करार गर्न विभिन्न आरोप लगाए पनि अदालतले न्याय दिएकोमा खुसी व्यक्त गरे। ‘हामीलाई देश-विदेशमा रहेका शुभेच्छुकहरूले जसरी साथ दिनुभयो, हाम्रो आत्मबल बढाइदिनुभयो, त्यसका लागि सबैलाई धन्यवाद,’ उनले भने।

उनले मुद्दा चलिरहेकाले यस विषयमा धेरै टिप्पणी नगर्ने तर आफूहरू निर्दोष रहेको बताए। उनले हिरासतमा रहँदा स्नेह देखाउने प्रहरी कर्मचारीप्रति समेत आभार प्रकट गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार

भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

ताजा अपडेट
  • भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

  • हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

  • गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

  • गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved