eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

दक्षिण अफ्रिकाले पहिलोपटक जिते आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि

June 14th, 2025

काठमाडौं । दक्षिण अफ्रिकाले पहिलोपटक आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनल टेस्टमा अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिकाले २७ वर्षपछि आईसीसीको मुख्य प्रतियोगिता जितेको हो ।

२८२ रनको लक्ष्य दक्षिण अफ्रिकाले शनिबार चौथो दिनको खेलको पहिलो सत्रमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । एइडेन मार्क्रमले शानदार शतकसहित १३६ रन बनाएर टिमको जितको आधार तय गरे ।

चौथो दिन २१३(२ को अवस्थाबाट खेल सुरु गरेको दक्षिण अफ्रिकाले यसबीचमा ३ विकेट गुमायो । कप्तान टेम्बा बाभुमा ६६ रन बनाएर आउट भए भने ट्रिस्टन स्टब्स ८ रनमा आउट भए । मार्क्रम टिमलाई ६ रन आवश्यक हुँदा क्याच आउट भए ।

यो दक्षिण अफ्रिकाका लागि २७ वर्ष पछि पहिलो प्रमुख आईसीसी प्रतियोगितामा विजय हो — सन् १९९८ मा आईसीसी नकआउट ट्रफी जितेको पछि पहिलो च्याम्पियन बन्न सफल भएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया पहिलो दिन २१२ रनमा अलआउट भएको थियो । कगिसो रबाडाले ५ विकेट लिएका थिए । जवाफमा दक्षिण अफ्रिका मात्र १३८ रनमा अल आउट हुन पुग्यो । अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले ६ विकेट लिएका थिए ।

दोस्रो इनिङमा ७४ रनको अग्रताबाट सुरु गर्दै अस्ट्रेलियाले मध्यक्रम धर्मराएपनि मिचेल स्टार्कको ५८ रन मद्दतमा थप २०७ रन जोड्दै २८१ रनको अग्रता बनाएको थियो । यस इनिङमा रबाडाले ४ विकेट लिए ।

जवाफमा दक्षिण अफ्रिकाले २८२ रनको लक्ष्य पछ्याउन सुरु गर्दा सुरुमा रायन रिकेल्टन ६ रनमा आउट भए पनि वियान मुल्डर ९२७० सँगको ६१ रनको साझेदारी पछि एडेन मार्करामको शतकीय इनिंग्स ९१३६० र कप्तान बाभुमाको अनुभवी समर्थन ९६६० ले टोलीको विजय तय गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

ताजा अपडेट
  • भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

  • हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

  • गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

  • गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved