eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

(यूएई) जाने नेपाली श्रमिकको न्यूनतम तलब एक हजार दिराम निर्धारण

June 5th, 2025

काठमाडौँ — नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) जाने नेपाली श्रमिकको न्यूनतम तलब एक हजार दिराम निर्धारण गरेको छ । अब सरकारले योभन्दा कममा श्रमिक माग गर्ने रोजगारदाताको मागपत्र प्रमाणीकरण गर्ने छैन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले यूएई जाने श्रमिकको न्यूनतम तलब निर्धारण गर्ने बिहीबार निर्णय गरेका हुन् । ‘यूएई नेपाली श्रमिकको आकर्षकको गन्तव्य हो । तर, यूएईमा कार्यरत नेपाली श्रमिकको न्यूनतम तलब निकै कम ८ सय दिराम थियो,’ उनले कान्तिपुरसँग भने,‘हामीले यूएईमा रहेको नेपाली दूतावासको सिफारिसमा नयाँ तलब निर्धारण गरेका छौं ।’

मन्त्री भण्डारीले अदक्ष, अर्धदक्ष र दक्ष श्रमिकको अलग(अलग तलब निर्धारण गरेको बताए । जसअनुसार अदक्षको एक हजार दिराम, अर्धदक्षको १२ सय दिराम र दक्षको १५ सय दिराम निर्धारण गरिएको छ । ‘न्यून तलबमा काम गर्ने श्रमिकलाई ठूलो राहत हुन्छ । यो सम्बन्धित दूतावासमा पठाउछौं,’ उनले भने,‘यूएईले आफैंले न्यूनतम तलब तोकेको छैन । नेपाल सरकारले बजारको अवस्था हेरेर तलब निर्धारण गरेको हो । दूतावासले योभन्दा तल मागपत्र प्रमाणीकरण गर्दैन । यो तलब नदिने रोजगारदाताले नेपाली श्रमिक लैजान पाउने छैनन् ।’ यूएईमा हाल ७ लाख नेपाली कार्यरत छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

ताजा अपडेट
  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

  • साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

  • सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

  • मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

  • राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved