eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

नेपाल र बस्नेतसँगै प्रतिनिधिसभाका ४ सांसद निलम्बनमा

June 5th, 2025

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि जेठ महिनामै प्रतिनिधिसभाका दुई सदस्य निलम्बनमा परेका छन् । पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियारले बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी प्रतिनिधिसभा सदस्यबाट स्वतः निलम्बित भएका हुन् ।

यसअघि जेठ एक गते अख्तियारले नेपाली कांग्रेसका सांसद तथा पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेतविरुद्ध टेरामक्स प्रकरणमा संलग्न रहेको आरोपमा मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता भएसँगै बस्नेतको सांसद पद स्वतः निलम्बनमा परेको थियो ।

नेपाल र बस्नेतसँगै प्रतिनिधिसभाका ४ सांसद अहिले निलम्बनमा छन् । २०७९ मङ्सिर ४ गते सम्पन्न चुनावबाट निर्वाचित भएका २७५ सदस्यहरूमध्ये ४ सांसद निलम्बनमा परेका हुन् । यसअघि सांसद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति प्रतिनिधिसभा सदस्य रवि लामिछाने सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि २०८१ पुस ८ गतेदेखि निलम्बनमा छन् ।

नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेपछि २०८० असार एक गतेदेखि निलम्बनमा छन् । सहकारीको बचत अनियमितताको आरोप लागेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद गीता बस्नेत एक वर्षदेखि फरार छिन् । २०८१ वैशाख १४ गते पक्राउ पुर्जी जारी भएपछि बस्नेत फरार छिन् ।

नवलपुरको कावासोतीस्थित छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

नेपाल र बस्नेतसँगै प्रतिनिधिसभाका ४ सांसद निलम्बनमा

नेपाल र बस्नेतसँगै प्रतिनिधिसभाका ४ सांसद निलम्बनमा

नेपाल र बस्नेतसँगै प्रतिनिधिसभाका ४ सांसद निलम्बनमा

नेपाल र बस्नेतसँगै प्रतिनिधिसभाका ४ सांसद निलम्बनमा

नेपाल र बस्नेतसँगै प्रतिनिधिसभाका ४ सांसद निलम्बनमा

नेपाल र बस्नेतसँगै प्रतिनिधिसभाका ४ सांसद निलम्बनमा

ताजा अपडेट
  • काठमाडौं, महोत्तरी र झापा–५ बालेनका लागि सम्भावित चुनाव क्षेत्र

  • रास्वपा र बालेन शाहबीच सात बुँदे सम्झौता ,भावी प्रधानमन्त्रीको रुपमा बालेन

  • बालेनलाई भावी प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा जाने,बालेन अझै मानेनन्

  • (एनपीएल) क्रिकेटको दोस्रो सिजनको विजेता लुम्बिनी लायन्स

  • मधेश प्रदेश सरकारका तीनजना मन्त्रीले गरे शपथ ग्रहण

  • अन्ततः मधेश प्रदेशका मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved